नाताले ससुरा-बुहारी यी दुबै स्टारले कर छल्दै गोप्य कारोबार आएको रहस्य बाहिर आएको हो । कर छल्नुलाई सार्वजनिक अपराध मानिन्छ ।
कर छल्नेहरुका लागि सुरक्षित मानिएको पनामाको एक ल फर्मको कागजात लिक भएपछि संसारभरीका चर्चित ब्यक्तिहरुले कर छल्ने गरेको रहस्य खुलेको हो । त्यसमा अमिताभ र ऐश्वर्या पनि परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यस्तो खुलासा गर्ने पनामा पेपर्सका अनुसार अमिताभ र ऐश्वर्याले कर छलेर गोप्य कारोबारमा संलग्न रहेका छन् ।
संसारका गोप्य तथ्य खुलासा गर्ने विकिलिक्सका कागजातमा आधारित रिपोर्टका अनुसार अमिताभ र ऐश्वर्याले गोप्यरुपमा कम्पनी दर्ता गरेर कर छलि गरिरहेको फेला परेको हो । उनीहरुले केवल ५ हजार देखि ५० हजार पुँजी भएका कम्पनी देखाएर करोडौं कमाइरहेको रिपोर्टमा उल्लेख छ ।
समुन्द्री मार्ग भएर आयात निर्यातको कारोबार गर्ने ती कम्पनीहरुको पुँजी न्यून देखाइएको छ । शुरुमा ऐश्वर्यालाई डाइरेक्टर बनाएर अमिताभले पछि सोही कम्पनीमा शेयर होल्डर बनाएको कागजातबाट खुलेको छ । कर छल्नका लागि साना कम्पनी देखाएर ठूला कम्पनी चलाउने संसारभरी चलन छ ।
बलिउडकै सम्मनित कलाकार अमिताभले कर छलेर गोप्य कारोबार गर्ने गरेको भेटिएपछि बलिउडमा खल्बली मच्चिएको छ । बुहारी ऐश्वर्या पनि विवादमा तानिएकी छिन् ।
रिपोर्टअनुसार विश्वका नेताहरुमध्ये रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति शी जिन पिङ लगायत अन्य चर्चित नेताहरु पनि यो मुद्दामा मुछिएका छन् ।