Monday, February 8, 2016

प्रहरीले यसरी पत्ता लगायो नायिका नेहा पुनको हत्यारा (आरोपीको बयानसहित)

पोखरा, २५ माघ । नेपाल प्रहरी मगर भाषाको फिल्मकी नायिका नेहा पुनको हत्यारालाई पक्राउ गर्न सफल भएको छ । शंकास्पद् व्यक्तिहरुलाई नियन्त्रणमा लिएर छानविन गर्दा हत्यारा पत्ता लागेको हो ।




पक्राउ गरेर सोधपुछ गरेपछि पोखरा न्यूरोडका सतिश खड्गीले नेहाको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । १८ गते राती मोटरसाइकलको हेलमेटले टाउकोमा प्रहार गरेर हत्या गरेको उसले स्वीकारेको हो । सो रात नेहा काम सकेर सतिशकै मोटरसाईकलमा घर फर्किएकी थिइन् । त्यसक्रमा यौन सम्पर्क गर्ने आफ्नो प्रस्ताव नमानेपछि हत्या गरेको उसको स्वीकारोक्ति छ ।

यस्तो छ बयान:
माघ १८ गते राती काम सकिएपछि नेहालाई मैले मेरै मोटरसाइकलमा राखेर घर लैजाँदै थिएँ । हामी लेकसाइड हुँदै उनको घरतर्फ लाग्यौँ । घर नजिकै पुगेपछि मैले यौन सम्पर्क राख्न प्रस्ताव गरेँ । उनले मानिनन् ।

मैले जबर्जस्ती गर्न खोजेँ । त्यसपछि उनले मलाई मुख छाडिन् । मुख छाडेको रिसमा मैले हातमा रहेको हेलमेटले टाउकोमा प्रहार गरेँ । रिसको झोंकमा ३-४ पटक प्रहार गर्दा उनी भूँइमा ढलिन् । म उनलाई त्यहीँ छोडेर हिँडेँ ।


यसरी सफल भयो प्रहरी
नेहाको शव माघ १९ गते बिहान उनको घरभन्दा ४०० मिटर टाढा भेटिएको थियो । मर्निङ वाकमा गएका व्यक्तिले शव अर्धनग्न अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक गजुसिद्धि बज्राचार्यको नेतृत्वको प्रहरी टोलीले घटनाको अनुसन्धान थालेको थियो ।

त्यसक्रममा झण्डै एक दर्जन व्यक्ति अनुसन्धानको दायरामा थिए । प्रहरीले सतिशलाई पनि नियन्त्रणमा लिएर बयान लिएको थियो । बेलुका नेहालाई घर छोड्न सतिश नै गएको पक्का भएकाले प्रहरीको शंका सतिशप्रति नै बढी थियो ।

सुरुमा सतिशले नेहालाई आफूले इन्द्रचोकसम्म पुर्याएर छोडेको त्यसपछि के भएको केही थाहा नभएको जानकारी दिएको थियो । तर, सधैँ घरसम्म लगेर छोड्ने व्यक्तिले इन्द्रचोकमा नै छोडेको भन्ने कुरामा प्रहरी विश्वस्त हुन सकेन । प्रहरीले ऊ सँग थप बयान लियो । अन्तत: आरोपीले हत्या आरोप स्वीकार्यो र प्रहरी एक सातामै घटनाको रहस्य सुल्झाउन सफल भयो ।

About the Author

manita thapa

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.

Post a Comment

 
All Video and Story © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism