Wednesday, February 17, 2016

युवतीमाथिका तीन आक्रमण, जसले देशैभरि सनसनी मच्चाए !!!...पुरा पढ्नुहोस् र जानकारी लिनुहोस् !!!!!!!!

पोखराकी नेहाका हत्या
धर्म दाई नाता पर्ने सतीशले नेहाँसँग यौन प्रस्ताव राखेको र त्यसलाई उनले अस्वीकार गर्दा रिसको झोँकमा हेलमेट प्रहार गरेर हत्या गरेको खुल्न आएको बताउनुभयो । उहाँका अनुसार अभियुक्तले रिसको झोकमा हेल्मेटले हान्दा मृत्यु हुन पुगेको स्वीकार गरेका छन् । उहाँले भन्नुभयो- ‘सतीशले नेहामाथि अश्लील हर्कत गर्न खोजेको र नेहाले त्यसको प्रतिवाद गर्दा हेलमेटले हानेर नेहाको हत्या गरेको अभियुक्तले स्वीकार गरेको छ ।’

acid acctacker Jiwan Bk 2मिति:  १० फागनु ०७१

समय:  बिहान ६ बजेतिर
स्थान:  वसन्तपुर, काठमाडौं
संगीता मगर, सीमा बस्नेत र हेमु मुखर्जी पढ्नका लागि वसन्तपुरस्थित ए-प्लस ट्युसन सेन्टर पुगेका थिए । पढाउने शिक्षक नआइपुगेकाले कक्षा कोठामा अध्ययनबारे छलफल गरिरहेका थिए । त्यही बेला एक युवक आएर संगीता  मगरलाई लक्षित गरी एसिड प्रहार गर्छ । संगीतासँगै रहेकी सीमा बस्नेतको अनुहारमा पनि एसिड लाग्छ । एसिड प्रहार गरेलगत्तै आक्रमणकारी फरार हुन्छ ।
संगीता र सीमा रुँदै-कराउँदै घरतिर गए । प्रहरीले घटनालगत्तै आक्रमणकारीको खोजी सुरु गर्‍यो । तर, अभियुक्तलाई पक्रन सकेन । घाइतेहरुको बयानका आधारमा आक्रमणकारीको स्केच तयार भयो । अन्ततः झन्डै महिना दिनपछि एसिड आक्रमणका आरोपी जीवन विक प्रहरीको फन्दामा परे ।
०६९ जेठबाट जीवन विक र संगीता मगरको परिवार वसन्तपुरस्थित एउटै घरमा डेरा गरर बस्दै आएका थिए । एउटै घरमा बस्ने जीवनले संगीतालाई घरमै ट्युसन पढाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । सोही क्रममा जीवन र संगीता नजिकिएका थिए ।
जीवन संगीतासँग नजिकिएको संगीताको भाइले थाहा पाए । त्यसपछि दुई परिवारबीच विवाद सुरु भएको थियो । विशेषगरी संगीताको परिवारले गरेको गालीबाट मनमा चोट पुगेको र त्यसपछि संगीतामाथि आक्रमणको योजना बनाएको जीवनले बयानमा बताएका थिए । अहिले जीवन कारागारमा छन् ।

bimlehs-yadavघरमै ट्याक्टर चलाउनेले ज्यान लियो ऋतुको
धनुषाका २७ वर्षीय विमलेश प्रसाद यादव अहिले कारागारमा छन । २० मंसिर ०७१ मा काठमाडौंको घट्टेकुलोमा भएको एक युवती हत्याकाण्डको अभियोगमा विमलेश कारागार पुगेका हुन् । धनुषाकै २० वर्षीया ऋतु महासेठको हत्या गरेको अभियोग विमलेशलाई लागेको छ ।
बिहान ११ बजेतिर साथीको विवाहमा हिँडेकी ऋतुको घट्टेकुलोमा छुरा प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । धनुषामा हुँदा ऋतुकै घरमा ट्रयाक्टर चलाउने विमलेशले आफूलाई पे्रममा धोका दिएको भन्दै ऋतुको ज्यान लिएका थिए । युवतीको छुरा प्रहार गरेर हत्या गर्ने विमलेश घटना भएको चार दिनपछि पक्राउ परेका थिए ।

About the Author

manita thapa

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.

Post a Comment

 
All Video and Story © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism