Saturday, March 26, 2016

परपुरुषसँग आमाको रासलिला, बीचमा छोरी पनि आइपुगेपछि

एजेन्सी । ८ वर्षीय बालिकाले आफ्नी आमालाई उनका प्रेमीसँग आपत्तिजनक अवस्थामा देखिसकेकी थिइन् र उनलाई डर थियो कि यो कुरा छोरीले कतै आफ्ना पितालाई त बताउने होइन । महिलाभित्रको यो डरले भयानक रुप लिएपछि उनले आफ्ना प्रेमीसँग मिलेर आफ्नै छोरीको हत्या गरिन् ।

घटना हो गाजियाबादको कञ्चन पार्कको । जहाँ १३ मार्चको राति करिब १० बजे ८ वर्षीय बालिकाको शव बोरामा भेटिएको थियो । उनको परिचय इकराकी छोरी यासिनका रुपमा भएको थियो । पिता यासिनले १२ मार्चमा इकरा वेपत्ता भएको रिपोर्ट प्रहरीमा दर्ता गराएका थिए ।



शव फेला परेपछि यो घटनामा पहिला त बालिकाको बलात्कार गरी हत्या गरिएको अनुमान गरिएको थियो । तर, स्वास्थ्य परीक्षणपछि बलात्कार नभएको पुष्टि भयो र उनको फाँसीमा झुण्ड्याएर हत्या भएको खुल्यो ।

प्रहरीले घटनाको छानविन गरेपछि पत्ता लाग्यो कि यासिनकी श्रीमती राशिदाको छिमेकी शहनवाजसँग अवैध सम्बन्ध रहेछ । शहनवाज कञ्चन पार्कमै भाडाको घरमा बस्दै आएका छन् । उनको राशिदासँग करिब दुई वर्षदेखि अवैध सम्बन्ध थियो ।

पुलिस क्षेत्राधिकारी अनिल कुमार यादवका अनुसार १२ मार्चका दिन शहनवाज र राशिदाबीच यौनसम्बन्ध भइरहेका बेला एकाएक छोरी इकरा घर पुगेकी थिइन् । र उनले त्यो अनैतिक क्रियाकलाप देखिन् भने परपुरुषको अंगालोमा आनन्द लिइरहेकी आमाले पनि छोरीलाई देखिन् । त्यसपछि छिमेकी शहनवाज कपडा लगाएर त्यहाँबाट निस्किए । तर, बालिकालाई उनकी आमाले डराएर, धम्काएर पितालाई नभन्न आग्रह गरिन तर, छोरीले पितालाई भनेरै छाड्ने अडान लिइन् ।

समाचार अनुसार त्यसपछि राशिदाले फोन गरेर आफ्ना कथित प्रेमी शहनवाजलाई बोलाइन र दुबै मिलेर आफ्नो अवैध सम्बन्धको पर्दाफास गर्छु भन्ने बालिकालाई घाटी थिचेर हत्या गरिदिए । पहिला उनीहरुले शवलाई खाँटको तल लुकाए । त्यसपछि बोरामा हालेर पार्क नजिकैको सार्वजनिक ठाउँमा फालिदिए । बालिका इकराको हत्याको आरोपमा प्रहरीले आमा राशिदा उनका कथित प्रेमी शहनवाजलाई गिरफ्तार गरेको छ । दैनिकनेपाल न्युज बाट साभार |

About the Author

manita thapa

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.

Post a Comment

 
All Video and Story © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism